शुक्रबार, चैत्र १६, २०८०

काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने महानगर प्रमुखको उद्घोष

रचनात्मकरुपमा महानगरको विकासमा जुट्ने नवनिर्वाचित उपप्रमुख डङ्गोलको जनाउ

काठमाडौं जेठ १३ ,

गत बैशाख ३० गते सम्पन्न् स्थानीय तह निर्वाचनको क्रममा काठमाडौं महानगरको प्रमुखमा वालेन्द्र साह निर्वाचित भएका छन् । महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका साहले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सिर्जना सिंह र एमालेका केशव स्थापितलाई भारी मतान्तरले पराजित गर्दै जित हासिल गरेको हो ।

नव निर्वाति महानगर प्रमसख वालेन्द्रले ६१ हजार ७६७ मत प्राप्त गर्दै गदाउ सिर्जनाले ३८ हजार ३४१ मतमात्र ल्याइन् भने स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे ।

त्यस्तै उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भइन् । निकै फराकिलो मतान्तरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठलाई पराजित गर्दै महानगर उमप्रमुखमा निर्वाचित भएकी हुन । सुनिताले ६८ हजार ६१२ मत प्राप्त गर्दै गर्दा रामेश्वरले २३ हजार ८०६ मत प्राप्त गरेका छन ।

यसैवीच काठमाडौं महानगरका नव निर्वाचित प्रमुख र उपप्रमुखका उम्मेदवारलाइ काठमाडौं जिल्ला निर्वाचन समितिले निर्वाचित प्रमाण् पत्र हस्तान्तरण गरेको छ । जिल्ला निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले उहाँहरुलाइ निर्वाचित भएको प्रमाण पत्र हस्तान्तरण गर्नुभएको हो ।

काठमाडौं महानगरपालिकाको नवनिर्वाचित प्रमुख वालेन्द्र साहले निर्वाचनका समयमा आफुले नागरिक सामु गरिएको वाचालाई इमान्दारिताकासाथ कार्यान्वयन प्रतिवद्धता सहति नगरबासीसँगको सहकार्यमा काठमाडौंलाई विश्वकै सुन्दर र उत्कृष्ट शहर बनाउने बताएका छन् ।

त्यस्तै निर्वाचन परिणाम घोषणा तथा बधाई ज्ञापन कार्यक्रममा निर्वाचित प्रमाण पत्र ग्रहण गर्दै काठमाडौं महानगरपालिकाको नवनिर्वाचित उपप्रमुख सुनिता डङ्गोलले रचनात्मकरुपमा महानगर विकासमा जुट्ने बताएकी छन् । परिणाम घोषण सभापछि महानगर प्रमुख र उपप्रमुखको सभागृहबाट शुरु विजय र्‍यालीमा सहभागी भएका थिए ।