शुक्रबार, मंसिर १५, २०८०
Dashain

कैद छुटको आदेश उल्टिएसँगै पूर्वडीआईजी कोइराला फेरि जेल चलान

काठमाडौं जेठ १२ ,
श्रीमती गीता ढकालको कर्तव्य ज्यान मुद्दामा सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जनप्रसाद कोइरालालाइ सवोच्च्का प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय छुट दिदै गरेको आदेश उल्टाइदिएको छ । सर्वोच्चले दिएको कैद छुटको आदेश उल्टिएसँगै कोइरालाको फेरि जेल यात्रा हुने भएको छ ।

घटना प्रकरण अनुसार सशस्त्र प्रहरीका पूर्वडीआईजी कोइराला कोइरालाले २०६८ मा श्रीमती गीता ढकालको हत्या गरी शवसमेत नष्ट गरेको कर्तव्य ज्यान मुद्दामा दोषी ठहर वैशाख २०७१ मा काठमाडौं जिल्ला अदालतले सर्वस्वसहित जन्म कैदको सजाय सुनाएको थियो।

त्यस्तैपुनरावेदन अदालत पाटनले जिल्ला अदालतको फैसलालाइ सदर गरेको थियो । तर सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले १५ असार २०७७ मा जबरा र केसीको इजलासले चित्तमा लागेको भन्दै तजबिजी अधिकार प्रयोग गर्दै कोइरालाको कैद सजाय घटाउँदै साढे आठ वर्ष भुक्तान गरे हुने फैसला गर्दै २० वर्षको कैदलाई साढे ८ वर्ष हुने भनी सजाय घटाएको थियो । त्यसपछि कोइराला जेलबाट रिहा भएको हो ।

तर बिहीबार ११ साउन २०७७ मा महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च्को उक्त आदेशविरुद्ध दिएको पुनरवलोकन रिटको सुनवाइ गर्दै कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू टंकबहादुर मोक्तान र डा कुमार चुडालको पूर्ण इजलासले कर्तव्य ज्यान मुद्दामा कैद सहुलियत नहुने भन्दै यसअघि सर्वोच्चका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले कैद सजाय छुट दिन दिएको आदेश उल्टाउँदै कैद सजाय पूर्ण भुक्तान गर्नु पर्ने आदेश दिएको हो ।