बिहिबार, बैशाख १३, २०८१

महानगरको वडा न १५ नेकपा एसका डंगोल र १६ मा काँग्रेसका रिजाल निर्वाचित

काठमाडौं जेठ १२,
काठमाडौं महानगरको वडा न १६ मा नेपाली काँग्रेसका उम्मेदवार मुकुन्द रिजाल विजयी हुनुभएको छ । निर्वाचित उम्मेदवार रिजालले नेकपा एमालेका लक्ष्मीरत्न तुलाधरलाइ पराजित गर्नुभएको हो । रिजालले ४ हजार १९ मत प्राप्त गर्दैगर्दा तुलाधरले ३ हजार ३१० मतप्राप्त गरेको हो ।

त्यस्तै वडाको महिला सदस्यमा एमालेकी शारदा सुवेदी, दलित महिला सदस्यमा एमालेका मनिता विश्वकर्मा र सदस्यद्वयमा एमालेका पुष्प महर्जन र एमालेका हर्कबहादुर खाती निर्वाचित भएका छन ।

यसैवीच महानगर वडा न १५ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार इश्वरमान डंगोल निर्वाचित भएका छन । सिङ्गो महानगरको ३२ वडा मध्ये वडा न१५ मा मात्र एकीकृत समाजवादीका उम्मेदवार डंगोल नेतृत्वको प्यानल सहित निर्वाचित भएको हो ।

त्यस्तै वडाको महिला सदस्यमा एकीकृत समाजवादीकी मैया लक्ष्मी महर्जन दलित महिला सदस्यमा रिता मिजार र सदस्यद्वयमा पनि समाजवादीकै अप्सरा खत्री र विजु श्रेष्ठ निर्वाचित भएको छ । पछिल्लो समय काठमाडौं महानगरपालिकाको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा वडा नं १४ को मात्र मतगणना भइरहेको छ ।