बुधबार, मंसिर २०, २०८०
Dashain

महानगर १३ मा एमालेका ध्रुवनारायण र १७ मा नविन मानन्धरको प्यानल निर्वाचित

महानगर वडा १४,१५ र १६ को मत गणना  जारी

काठमाडौं जेठ १२
स्थानीय तहनिर्वाचन अन्र्तगत काठमाडौं महानगर न, १३ मा नेकपा एमालेका उम्मेदवार ध्रुवनारायण मानन्धर नेतृत्वको प्यानल निर्वाचित भएका छन । मानन्धरले ३ हजार १२४ मत प्राप्त गर्दै गर्दा निकटतम् प्रतिस्पर्धी कांग्रेसका सुरेन्द्र मानन्धनरले २ हजार ६५४ मत पाए ।

त्यस्तै महिला सदस्यमा पनि एमालेकी रजनी महर्जन धौबन्जार, दलित महिला सदस्यमा पनि मैयाँ देउला र खुला सदस्यमा रुपेश महर्जन र रामबाबु कोइराला विजयी भए ।

त्यस्तै महानगर वडा १७ मा मा भने नेपाली काँग्रेसका उम्मेदवार    नविन मानन्धर निर्वाचित भएका छन । वडा न १७ मा मान्धरले दुई हजार ७०८ मत प्राप्त गर्दै गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका मचाराजा महर्जनले १ हजार ४३१ मत प्राप्त गरेका छन । साथै वडाको महिला सदस्यमा कांग्रेसका कमला महर्जन, दलित महिला सदस्यमा कांग्रेसका कविता दास, सदस्यद्वयमा कांग्रेसका जितेन्द्र खड्गी र कांग्रेसका शम्भु पोडे निर्वाचित हुनुभएको छ ।

यसवीचमा महानगर वडा १४ , १५ र १६ को मत गणना भने जारी रहेको र यसको परिणाम समेत आज साँझ सम्ममा सार्वजनिक हुने निर्वाचन समितिले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30