शुक्रबार, चैत्र १६, २०८०

७५३ स्थानीय तह मध्ये ७ सय २९को मतपरिणाम सार्वजनिक

काठमाडौं जेठ ९,
देशभरका ७५३ स्थानीय तहको लागि भएको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । यसवीचमा ७ सय २९ पालिकाको अन्तिम मतपरिणाम आइसकेको छ भने बाँकी २२ स्थानीय तहको निर्वाचन परिणाम लागि मतगणना भइरहेको छ ।

प्राप्त पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसले सबैभन्दा बढी अर्थात पालिका प्रमुखमा ३२० सिट जित्नुको अलावा अझै ६ पालिकामा अग्रता लिइरहेको छ ।

त्यस्तै दोस्रो स्थानको नेकपा एमालेले १९९ पालिकामा निर्वाचित हुँदै थप ७ पालिकामा अग्रता लिएको छ भने माओवादी केन्द्रले १२० पालिका जित्दै ने २ पालिकामा अग्रता कायम गरेको छ। त्यस्ते गरि जसपाले २९ स्थानीय तहमा जित्दै थप २ स्थानीय तहमा अग्रता लिएको छ ।

त्यस्तै कांग्रेसले उपप्रमुखतर्फ २९५ सिट जित्नुको अलावा ५ सिटमा अग्रता लिदै गर्दा  एमालेले २२८ सिट जित्दा १३ सिटमा अगाडि रहेको छ भने माओवादी केन्द्रले १२६ सिट जित्न सफल भएको छ ।