बिहिबार, चैत्र १५, २०८०

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार साहको अग्रता कायमै

काठमाडौं जेठ ९,
काठमाडौँ महानगरको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४३ हजार ७५७ मत प्राप्त गरी अग्रस्थान कायम गर्दै गर्दा नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहले २५ हजार ६८० मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै जारी मतगणना अनुसार एमालेका उम्मेदवार केशव स्थापितले २४ हजार ५७८ मत प्राप्त गरेका छन । १ लाख २४ हजार ५४४ मतगणनाको प्राप्त पछिल्लो मत परिणामको अपडेट विवरण अनुसार महानगर उपप्रमुखमा एमालकी उम्मेदवार सुनिता डङ्गालले ४४ हजार ७०५ मत ल्याएर अग्रस्थान बनाउँदै गर्दा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले १५ हजार ६७० मत प्राप्त गरेका छन ।

प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा मतगणना भइरहेको छ । अहिले वडा नं ९, १३, १४, १५, २०, २२ र २६ को मतगणना कार्य जारी छ । यसवीचमा वडा न १० मा नेपाली काँग्रेसका उम्मेदवार राजकुमार केसी नेतृत्वको प्यानल निर्वाचित भएको जानकारी प्राप्त भएको छ।

पछिल्लो समय वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ११, १२, २३, २४, २५, २७, २८, २९ ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ भने वडा नं ९, १३ ,१४ ,१५ ,२०,२१, २२ र २६ को मतगणना कार्य जारी रहेको छ भने त्यस्तै वडा न १६ ,१७ , १८ र १९ को मतगणना हुन बाँकी नै छ ।