शुक्रबार, बैशाख १४, २०८१

महानगर १२ मा काँग्रेसका उम्मेदवार महर्जनको प्यालन निर्वाचित

फोटो :दिब्यरत्न महर्जन

वडा न २३ एमालेका उम्मेदवार महर्जनसंगै काँग्रेसको २ सदस्य निर्वाचित

काठमाडौं जेठ ९,

काठमाडौं महानगरको वडा नम्बर १२ मा नेपाली कांग्रेसका उम्मेदवार वालकृष्ण महर्जन २ हजार २१७ मत प्राप्त गर्दै निर्वाचित हुनु भएको छ । निर्वाचित उम्मेदवार महर्जनले नेकपा एमालको उम्मेदवार विकास डंगोललाइ ११६९को मतान्तरमा पराजित गर्नु भएको हो। त्यस्तै वडा सदस्यमा पनि नेपाली काँग्रेसकै नारी हेरा डंगोल , मुना गहतराज, पुष्परत्न प्रजापति र श्यामकृष्ण खड्गी निर्वाचित हुनु भएको छ ।

यसैवीच महानगरको वडा न २३ मा भने काँग्रेसको उम्म्दवार उत्तमरत्न मान्नधर नेकपा एमालेका उम्म्ेदवार मचाराजा महर्जनसंग पराजित भए पनि वडा सदस्य क्रमस गोपाल नापित , शुरेस मान्नधर भने निर्वाचित भएका छन । साथै वडा न२३ मा यसअघि दलित महिला सदस्यमा काँग्रेको तर्फबाट उम्मेदवार  रहकी कञ्चना नेपाली  निर्विरोध निर्वाचित भएको थियो ।

हालसम्म काठमाडौं महानगरको वडा नं १, २, ३, ४, ५, ६, ७, ८,२३,२४,२५ ,२७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ९, १०, ११, १२, १३ ,१४ ,१५ ,२०,२१, २२ र २६ को मतगणना कार्य जारी छ । त्यस्तै वडा न १६ ,१७ , १८ र १९ को मतगणना हुन बाँकी नै छ ।