शुक्रबार, मंसिर १५, २०८०
Dashain

काठमाडौं महानगर २४ मा काँग्रेसका उम्मेदवार राजभण्डारी निर्वाचित

काठमाडौं जेठ ८,

काठमाडौं महानगरको वडा नम्बर २४ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद राज भण्डारी नेतृत्वको प्यानल निर्वाचित हुनुभएको छ। वडाध्यक्षमा निर्वाचित उम्मेदवार राजधण्डारीले एमालेका उम्मेदवार सुजन विलास बज्राचार्यलाइ २०८ मतले पराजित गर्दै वडाध्यक्षमा विजय हुनुभएको हो ।

त्यस्तै निर्वाचित राजभण्डारीले १ हजार १३२ मत प्राप्त गर्दै गर्दा बज्राचार्यले ९२४ मत प्राप्त गर्नुभएको हो । त्यस्ते यसअघि वडाध्यक्षमा निर्वाचित बालकृष्ण श्रेष्ठले ६७१ मत प्राप्त गर्नु भएको छ । श्रेष्ठ यसपटक नेकपा एसको तपर्फबाट उम्मेदवार रहेको थियो ।

त्यसैगरी महिला सदस्यमा काँग्रेसको तर्फबाट सुनिता महर्जन र कृष्ण्मान सिंह वडा सदस्यमा निर्वाचित हुनभएको छ भने थप एक वडा सदस्यमा नेकपा एमालेको तर्फबाट रत्नाकर बज्राचार्य निर्वाचित भएका छन । त्यस्तै दलित महिला सदस्य पदमा कुनै पनि दलको मनोनयन दर्ता नभएको काठमाडौं जिल्ला निर्वाचन समितिले जनाएको छ।

हालसम्म काठमाडौं महानगरको वडा नं १, २, ३, ४, ५, ६, ७, ८,२४ ,२७, २८, २९, ३०, ३१ र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ । त्यसैगरी वडा नं ९, १०, ११, १२, २२, २३, २५, २६ को मतगणना कार्य जारी छ । त्यस्तै वडा न १३, १४, १५, १६, १७, १८, १९, २० र २१ को मतगणना हुन बाँकी नै छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30