शुक्रबार, चैत्र १६, २०८०

७५३ स्थानीय तह मध्ये ७०१ पालिकाको नतिजा सार्वजनिक , काँग्रेस पहिलो स्थानमा

काठमाडौं जेठ ८,
गत बैशाख ३० गते देशभरका ७५३ स्थानीय तहका लागि सम्म्पन् भएको निर्वाचन अन्तर्गत हालसम्म ७०१ पालिकाको नतिजा सार्वजनिक भएको छ। सार्वजकि मत परिणाम अनुसार नेपाली काँग्रेसले ३११ पालिका जित्दै पहिलो स्थानमा रहेको छ भने नेकपा एमालेले १८८ पालिका जित्दै दोस्रो स्थान बनाएका छन ।  त्यसै माओवादी केन्द्रले १२० पालिका जित्दै तेस्रो र एकीकृत समाजवादीले ९ र जसपाले २० र अन्य पार्टीले ५३ पालिका जितेका छन्।

आइतबार बिहान ११ १५ बजेसम्ममा निर्वाचन आयोगको केन्द्रीकृत डाटामा समाविष्ट तथ्याङ्कमा नेपाली काँग्रेसले १२६ पालिकामा प्रमुख पद जितेको छ भने १० पालिकामा अग्रता लिएको उल्लेख गरिएको छ।

यस्तै, नेकपा एमालेले ६७ पालिकामा प्रमुख पद जितेको छ भने १५ पालिकामा अग्रता लिएको छ। नेकपा माओवादी केन्द्रले २४ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता लिएको छ। यस्तै, नेकपा एकीकृत समाजवादीले ९ पालिकामा प्रमुख पद जितेको छ भने दुई पालिकामा अग्रता कायम गरेको छ।

यस्तै, अन्य पार्टीले २५ पालिकामा प्रमुख पद जितेको छ भने ११ पालिकामा अग्रता बनाएको छ।