बिहिबार, बैशाख ६, २०८१

जेठ १० मा सरकारको नीति तथा कार्यक्रम पेश हुने

काठमाडौं जेठ ६ ,
आगामी जेठ १० गते काँग्रेस सभापति शेरवहादुर दउवा नेतृत्वको गठबन्धन सरकारले संघीय संसद बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको सभामुख अग्निप्रसाद सापकोटाले सदनलाई जानकारी दिनुभएको हो ।

जेठ १० गते अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्तरूपमा बस्ने बैठकमा सरकारको नीति तथा कार्यक्रम पेश गरिने छ।

यसअघि बुधबार, बिहीबार र शुक्रबार गरी तीन दिन बसेको संसदमा बैठकमा सरकारको प्रि–बजेटका बारेमा छलफल गर्दै धारणा व्यक्त गर्ने पा्रय सवै संसद सदस्यहरले आगामी बजेटमा विशेष गरी स्वास्थ्य र शिक्षामा जोड दिन सुझाव दिएका छन ।