मङ्लबार, बैशाख ११, २०८१

महानगर वडा नं ३२ मा पराजुली नेतृत्वको प्यानल निर्वाचित

काठमाडौं जेठ ६ ,
गत बैशाख ३० गते सम्पन्न् स्थानीय तह निर्वाचन अन्र्तगत स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको छ । यसक्रममा आज काठमाडौ महानगर वडा नं ३२ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार नवराज पराजुलीसहित प्यानलनै विजयी भएको छ ।

निर्वाचित उम्मेदवार पराजुलीले दुई हजार ११७ मतले पछि पार्दैनिकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका सीतादेवी कँडेललाइ पराजित गरेको हो । अध्यक्षमा विजय भएका नवराजले ५ हजार २२५ मत प्राप्त गर्दै गर्दा सीतादेवीले ३ हजार १०८ मत प्राप्त गरेकी छिन ।

त्यसैगरी सदस्यमा एमालेका तर्फबाट भगवान् बुढाथोकी र हरिबहादुर बस्नेत महिला सदस्यमा हीरादेवी पाखरेल र दलित महिला सदस्यमा सीता विसुङ्खे विजयी भएको जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाले जानकारी दिनुभयो ।

हाल प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा ९ स्थानबाट कामपाको मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २९, र ३१ को मतगणना कार्य जारी छ । वडा नं १, २, ३, ४, ५, २८, ३० र ३२ को मतपरिणाम सार्वजनिक भइसकेको छ ।