शुक्रबार, बैशाख १४, २०८१

काठमाडौं महानगर २८काँग्रेस उम्मेदवार खड्गी नेतृत्वको प्यानल निर्वाचित

काठमाडौ जेठ ६,
काठमाडौ महानगरपालिका अन्र्तगत वडा न २८ मा नेपाली काँग्रेसका उम्मेदवार भाइराम खड्गी निर्वाचित भएको छ । खड्गी निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार विपिन्द्र खड्गी लाइ २ सय मतान्तरमा पराजित गरेको हो ।

त्यस्तै गरि महानगरको वडा न २८को सदस्यमा खड्गी नेतृत्वको प्यानलनै निर्वाचित भएको हो । निर्वाचित वडा सदस्यहरुमा अरुण तण्डुकार विरेन्द्र महर्जन , निना कुमारी खड्गी र  ललिता कार्की ढली रहेका छन ।

त्यस्तै काठमाडौं महानगरका ३२ वडा को राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आठ स्थानबाट मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, ९, २७, २९, ३१,  को मतगणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ। यसअघि वडा नं १, २, ३, ४ र ५, ३० र ३२   को मतपरिणाम सार्वजनिक भइसकेको छ ।