शुक्रबार, मंसिर १५, २०८०
Dashain

बाँस्कोटाको क्षेत्रबाट दोब्बर मतले अधिकारी निर्वाचित

काठमाडौं जेठ ६,
काभ्रेको बेथानचोक गाउँपालिकामा गठबन्धनका साझा उम्मेदवार भगवान् अधिकारी अत्याधिक मतसहित अध्यक्षमा विजयी भएका छन्। खसेको १० हजार ७ सय ३४ मतमध्ये  पत्रकारितामा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका अधिकारीले ६ हजार ०१९ मत ल्याए। उनका निकटतम् प्रतिस्पर्धी एमालेका कमलप्रसाद तिमल्सिनाले ३१ सय ६० मत ल्याए।

उपाध्यक्षमा माओवादी केन्द्रबाट गठबन्धनको उम्मेदवार रहेकी तारा राना तिमल्सिना ४४९८ मतसहित विजयी भइन्। एमालेकी सरला केसीले ३५७३ मत ल्याइन्।

यो गाउँपालिका काभ्रे प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ अन्तर्गत पर्छ, जहाँबाट २०७४ सालको निर्वाचनमा गोकुल बाँस्कोटा निर्वाचित भएका थिए। तर, यस गाउँपालिकामा ३२ सदस्यमध्ये एमालेले एउटामात्रै सदस्य पद जित्यो। वडा ३ मा एमालेले एउटा सदस्य जितेपनि वडाध्यक्ष र तीन सदस्य कांग्रेसले जित्यो। १,२, ४ र ६ मा कांग्रेसको प्यानलै विजयी भएका छन । त्यसैगरी वडा ५ मा स्वतन्त्र उम्मेदवार राजकुमार वाइवा वडाध्यक्षमा निर्वाचित हुँदै गर्दा यस वडामा कांग्रेसका दुई तथा स्वतन्त्रबाट दुईजना सदस्य निर्वाचित भएका छन ।