काठमाडौ जेठ ५,
काठमाडौ महानगरपालिका अन्र्तगत वडा न ४ मा नेकपा एमालेका उम्मेदवार दिनेश महर्जनको प्यानलै विजयी भएको छ । महर्जनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद नयौपानेलाई दुई हजार ३१५ मतले पछि पार्दै प्यानलसहित विजय हुनुभएको हो ।
त्यस्तै गरि महानगरको वडा न ३० मा भने नेपाली काँग्रेसका उम्मेदवार दल वहादुर कार्की नेतृत्त्वको प्यानलनै निर्वाचित भएको छ। कार्कीले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार कृष्ण भक्त खड्गी लाइ १ हजार ७ सय १५ मतान्तरमा विजयी भएको हो ।
काठमाडौं महानगरका ३२ वडा को राजधानीको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा आठ स्थानबाट मतगणना भइरहेको छ । अहिले वडा नं ६, ७, ८, २७, २८, २९, ३१ र ३२ को मतगणना कार्य जारी रहेको निर्वाचन समितिले जनाएको छ। यसअघि वडा नं १, २, ३, ४ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । परिणामअनुसार सबै वडामा एमालेका वडाध्यक्ष र केही वडामा प्यानलै विजयी भएका छन् ।