बुधबार, मंसिर २०, २०८०
Dashain

काठमाडौं महानगरमा बालेनले आफ्नो अग्रता थप फराकिलो पार्दै

काठमाडौं जेठ ५ ,

काठमाडौं महानगरपालिकाको मतपरिणाम सम्बन्धी विहिवार विहान ७ बजेको अपडेट अनुसार महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो अग्रतालाइ थप फराकिलो पारेका छन ।   कुल ५२ हजार ८२७ मत गणना हँदा बालेनले २० हजार २०१ मत सहित अग्र स्थान बनाउँन सफल भएको हो ।

त्यस्तै उनका निकटम प्रतिस्प्रर्धी एमालेका उम्मेदवार केशवस्थापितले १० हजा ६३८ मत प्राप्त गर्दै गर्दा नेपाली काँग्रेसका उम्मेदवार सिर्जना सिंहले भने ९ हजार ८ ७७ मत पाएकी छिन । त्यस्तै उपमेयरमा भने एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाइ निकै पछि पार्दै एमालेकी सुनिता डंगोलले तेब्बरभन्दा धेरै मतले अग्रता लिदै आएकोछ ।

निर्वाचन समिति सम्वद्ध स्रोतका अनुसार मत गणना भएका वडाहरु १,२,३,४,५,६,७,२८, २९, ३०, ३१ र ३२ रहेको जनाकारीदिदै यसमध्ये १,२,३,५,६ न वडाको वडाध्यक्ष समेतको मतपरिणाम सार्वजनिक भइसकेको अवको चरणमा वडा न २९ का लागि वडाध्यक्षको परिणाम समेत सार्वजनिक गर्ने तयारीमा रहेको जानकारीदिदै यस वडामा काँग्रेसका उम्म्ेदवार कुश ढकाल निकै अगाडी रहेको जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30