बुधबार, मंसिर २०, २०८०
Dashain

स-साना विषयलाई ठूलो मुद्दा बनाइ मतगणना कार्य प्रभावित नवनाउँन आयोगको निर्देशन

काठमाडौं जेठ ४ ,
निर्वाचन आयोगले मतगणना कार्य सुरु भएको बढीमा पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन निर्देश गरेको छ । मतगणनाको क्रममा ससाना विषयलाई ठूलो मुद्दा बनाइ विवाद बल्झाउने, गणना कार्य सम्पन्न भई मुचुल्का उठाएर अन्तिम परिणाम घोषणा गर्ने समयमा पुनः गणना गराउन माग गर्नेजस्ता समस्या खडा गर्ने, गणना गर्दै जाँदा मतगणनाको अन्तिम चरणमा पुग्दा झिनो मतान्तर देखिएमा सुरुदेखि नै पुनः मतगणना गराउन खोज्नेजस्ता कार्यबाट मतगणना यथा समयमा सम्पन्न गर्ने कार्यमा व्यवधान उत्पन्न हुने हुँदा त्यस प्रकारका व्यवहार प्रदर्शन नगर्न आयोगले आग्रह गरेको हो ।

आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्माले आज जारी विज्ञप्ति मार्फत मतदान सञ्चालनकै क्रममा केही पालिकाका केही केन्द्रमा अनपेक्षित अवस्था सिर्जना भई मतदान स्थगन भएकोमा त्यस उपरान्त विभिन्न मितिमा मतदान कार्य सम्पन्न हुँदै गइरहेको जानकारीदिदै वैशाख ३० गते निर्वाचन सम्पन्न भएका पालिकाको मतगणना कार्य प्रारम्भ भई आज मध्याह्नसम्म चार सय ६० पालिकाको अन्तिम परिणाम प्राप्त भइसकेको र बाँकी समेत परिणाम आउने क्रम जारी रहेको जनाएस-साना विषयलाई ठूलो मुद्दा बनाइ मतगणना कार्य प्रभावित नवनाउँन आयोगको निर्देशनछ।

तर यसवीचमा केही सञ्चारमाध्यममा आएका अन्यथा अर्थ लाग्न सक्ने आशयको समाचारप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउदै आयोगले निर्वाचन पद्धति र प्रक्रियामा भ्रम उत्पन्न हुने खालका समाचार सम्प्रेषण नगर्न नगराउन आयोग आग्रह गरेको छ ।

त्यस्तै विज्ञप्तिमा समयमानै मतगणना सम्पन्न होस् भन्ने सबैको चाहनालाई विभिन्न मतगणनास्थलमा रहेका राजनीतिक दल, उम्मेदवार, प्रतिनिधि र कर्मचारी वर्गले यथार्थरुपमा ग्रहण गरी उक्त चाहनाबमोजिम छिटो कार्य सम्पादन गराउन आयोग अपिल गर्दछ भन्दै परिणाम आउन बाँकी पालिकामा मतगणना कार्य २०७९ जेठ ५ गतेसम्म सम्पन्न गर्न आयोगका तर्फबाट अधिकतम् प्रयास भइरहेको आयोगले जनाएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30