काठमाडौं जेठ ४ ,
काठमाडौं महानगरपालिका वडा ५ को अध्यक्षमा नेकपा एमालको उम्मेदवार प्रेम थापाको पूरै सेटा निर्वाचित भएका छन । नेपाली कांग्रेसका निकटतम प्रतिद्वन्द्वी राजेश अधिकारीलाई ६४७ मतान्तरमा पछि पार्दै एमालेका थापा नेतृत्वको प्यानल निर्वाचित भएको हो ।
जिल्ला निर्वाचन कार्यालय काठमाडौले वडा सदस्यमा एमालेको तर्फबाट कृष्णराज चालिसे र केशवप्रसाद श्रेष्ठ विजय हुनुभएको छ । महिला सदस्य सीता थापा र दलित महिला सदस्यमा शर्मिला परियार विजय भएको जानकारी दिएको छ ।
राजधानीको राष्ट्रियसभागृहमा आठ स्थानबाट काठमाडौं महानगरको नयाँ नेतृत्वको लागि मतगणना कार्य भइरहेको छ । अहिले वडा नं ४, ६, ७, २९, ३०, ३१ र ३२ को मतगणना कार्य जारी रहेको छ । यसअघि वडा नं १, २, ३ र ५ को मतपरिणाम सार्वजनिक भइसकेको छ । सार्वजनिक मतपरिणाम अनुसार वडा न १ २ ३ र ४ को वडाध्यक्षमा एमालेका उम्मेदवार निर्वाचित भएको छन ।