बिहिबार, बैशाख १३, २०८१

४ सय ४९ पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक काँग्रेस पहिलो स्थानमा

काठमाडौं जेठ ४ ,

निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी रहेको र यसवीचमा ४ सय ४९ पालिकाको अन्तिम मतपरिणाम आइसकेको जनाएको छ।

प्राप्त परिणाम को विश्लेषण् गर्ने हो भने नेपाली कांग्रेस निकै अगाडि बढेको छ । कांग्रेसले २०६ पालिका प्रमुख जितेको छ । अझै १२२ पालिकामा अग्रता लिइरहेको पाइन्छ । त्यस्त्ै दोस्रो स्थानको एमालेले १२९ पालिका जितेको छ । ६७ पालिकामा अग्रता लिएको अवस्था रहेो छ ।

त्यस्तै अहिलेसम्म माओवादी केन्द्रले ८८ पालिका जितेको छ भने ३० पालिकामा अग्रता लिएको छ ।