बिहिबार, चैत्र १५, २०८०

तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा कांग्रेसका उम्मेदवार निर्वाचित

काठमाडौं जेठ ३ ,

स्थानीय तहको वैशाख ३० गते सम्पन्न मतदानको आज बिहान सम्पन्न मतगणना परिणाम अनुसार काठमाडौंको तारकेश्वर नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार कृष्णहरि महर्जन र सिर्जना बुर्लाकोटी निर्वाचित भएका छन ।

प्रमुखका उम्मेदवार महर्जनले ११ हजार २२३ मत ल्याएर विजय हुँदै गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार रामेश्वर बोहोराले ७ हजार ३५९ मत प्राप्त गरेका छन ।

यस्तै उपप्रमुखमा कांग्रेसकै उम्मेदवार बुर्लाकोटीले १० हजार २२४ मत प्राप्त गरी विजयी हुँदै गर्दा उनको निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार भवानी डोटेलले ७ हजार ५६३ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ। कूल ११ वडा रहेको तारकेश्वरमा ३५ हजार ८२ मतदाता रहेकामा २६ हजार ७०२ मत खसेको थियो ।