बिहिबार, चैत्र १५, २०८०

बैशाख ३० मा स्थगन भएका कतिपय क्षेत्रमा आज मतदान हुँदै

काठमाडौं जेठ ३ ,

गत बैशाख ३० विविध कारणवस स्थगित भएका काभ्रे, कञ्चनपुर, बाजुरा र अछाम क्षेत्रमा आज पुनः मतदान भइरहेको छ ।

निर्वाचन आयोगका अनुसार काभ्रेको पाँचखाल नगरपालिका १३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका १० को विजय मावि मतदान केन्द्र, बाजुराको बुढीनन्दा नगरपालिका ८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्र र अछामको पञ्चदेवल विनायक नगरपालिका ५ को नवज्योति मावि मतदान केन्द्रमा मतदान भइरहेको छ ।

मंगलबार तनहुँको व्यास नगरपालिका ८ को भवन फेदी मतदान केन्द्रमा पुनः मतदान भइरहेको छ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।