शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार शाह ९ हजार ३५३मत सहित अग्रस्थानमा

काठमाडौ जेठ ३,

काठमाडौं महानगरपालिका अन्र्तगत  वडा न १,२,३,४,५,३१ र ३२ को २४ हजार १६६मत गणनाको क्रममा विहान ८: ३० वजेको अपडेट अनुसार महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह अहिलेसम्म ९ हजार ३५३मत प्राप्त गरेका छन ।

त्यस्तै निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५४ सय ९१ मत पाएका छन् भने कांग्रेसकी सिर्जना सिंहले ४८ सय ९६ मत पाएकी छिन्।

त्यस्तै उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोलले ९हजार ८५८ मत पाउँदै गर्दा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ८१७ मत पाएका छन् ।