बिहिबार, बैशाख १३, २०८१

चन्द्रागिरीमा गिरी र कीर्तिपुरमा नकर्मीको अग्रता

 काठमाडौं जेठ २ ,
शुक्रवार सम्पन्न निर्वाचन अन्र्तगत जारी मतगणनाको क्रममा काठमाडौ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका चन्द्रागिरीको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता लिनुभएको छ ।

मतगणना सम्बन्धी प्राप्त पछिल्लो जानकारी अनुसार १३ हजार ५०० मतगणना हुँदा गिरीले ६ हजार ३१५ मत प्राप्त गर्र्द गर्दा उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार उत्तमबहादुर राउतले ४ हजार ५१६ मत प्राप्त गर्नुभएको निर्वाचन समितिलेले जनाएको छ।

त्यस्तै कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले छ हजार ८१० मत प्राप्त गर्दै गर्दा एमालेका केशरत्न बज्रचार्यले ३ हजार ७८२ मत प्राप्त गर्नुभएको थाहा भएको छ । त्यस्ते उपप्रमुखमा जसपाका शुभलक्ष्मी शाक्यले छ हजार ३८४ प्राप्त गर्नुभएको छ भने एमालेका बिन्दु महर्जनले ४ हजार ९७१ मत प्राप्त गर्नुभएको छ । संरचनागत रुपमा १० वडा रहेको यस नगरपालिाकमा