शनिबार, बैशाख ८, २०८१

महानगर वडा नं २ मा एमालेको प्यानल निर्वाचित

 

काठमाडौ जेठ २ , 
काठमाडौं महानगरपालिका वडा न २ को वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ प्यानल सहित निर्वाचित भएका छन । निर्वाचित अध्यक्ष श्रेष्ठले १ हजार ३७९ मत प्राप्त गदैगर्दा निकटतम् प्रतिस्प्रर्धी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले ९२७ मत प्राप्त गर्नुभएको निर्वाचन सममितिले जनाएको छ।

त्यस्तै वडा सदस्यमा एमालेका पदमकाजी महर्जन, विमल गरुङ, महिला सदस्यमा पूर्णलक्ष्मी रजत, दलित महिला सदस्यमा ईश्वरी परियार विजयी हुनुभएको मुख्य निर्वाचन अधिृकतको कार्यालयले जनाएको छ । यसअघि वडा नम्बर १ को वडाध्यक्षमा एमालेका उम्मेदवार भरतलाल श्रेष्ठ विजय भइसक्नुभएको छ ।

मुख्य निर्वाचन अधिृकतको कार्यालयका अनुसार अहिले वडा न ३, ४, ५, ३१ र ३२ नं वडाको मत गणना जारी रहेको थाहा भएको छ ।