बुधबार, मंसिर २०, २०८०
Dashain

निर्वाचनमा योजनाबद्धरुपमा धाधली गर्यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा :  काँग्रेस

सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको विवेकको सम्मान गर्न एमालेलालइ काग्रेसको सुझाव

काठमाडौ जेठ २,
सत्तारुढ दल नेपाली काँग्रेसले बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले द्धारा नेपाल सरकार र सत्ता गठबन्धनप्रति लगाएको आरोपप्रति गम्भिर ध्यानाकृष्ट भएको जनाएको छ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आज एक विज्ञप्ति जारी गर्दै सम्पन्न् स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको मत परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाबाट अत्तालिदै एमालेले निर्वाचन माथिनै शनेकन शंका गर्दै अनेकन आरोप लगाउन थालको उल्लेख गरिएको छ।

त्यस्तै विज्ञप्तिमा देशभरका पालिकामा हुँदै गरेको मत गणनाको प्रारम्भिक नतिजाबाट नेकपा एमाले अत्तालिएको हामीले पाएका जिकिर सहित प्रम शेरबहादुर देउवाको परिपक्व, सुझबुझपूर्ण र दूरदर्शिताका कारण संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्थाको रक्षा र संविधानको संरक्षण तथा कार्यान्वयनका लागि साझेदार दलहरुका बीच भएको सहमति अनुरुपनै गठबन्धनको पक्षमा स्थानीय तहको निर्वाचनको नतिजा आइरहेको छ । जुन हामीले स्वभाविक रहेको जिकिर गरिएको छ।

त्यस्तै विज्ञप्तिमा नेकपा एमालेका अध्यक्ष केपी। ओलीले बैशाख ३० गते निर्वाचन सम्पन्न भएपछि जारी गर्नुभएको विज्ञप्तिमा समेत निर्वाचन निष्पक्ष गर्न प्रमुख भूमिका खेल्ने निर्वाचन आयोग, आयोगद्धारा परिचालित राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी र सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ । तर, निर्वाचनको परिणाम आफूले दावी गरेजस्तो नआएपछि निर्वाचनको सम्पूर्ण चाँजोपाँजो मिलाउने निर्वाचन आयोग, आयोगको माग र खटनपटन अनुसार काम गर्ने राष्ट्रसेवक कर्मचारी र सुरक्षाकर्मीले निर्वाह गरेको जिम्मेवारीलाई लिएर सरकारलाई योजनाबद्धरुपमा धाधली ग¥यो भन्नु गैरजिम्मेवारीपनको पराकाष्ठा भएको जिकिर गरिएको छ।

साथै निर्वाचनमा विजय र पराजय सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको स्वविवेकले गरेको मतदानमा निर्भर हुने नतिजा मात्र हो । लोकतन्त्रमा जनताको अभिमतलाई सबैले सहजरुप स्वीकार गर्नु पर्दछ । सार्वभौमसत्ता सम्पन्न नेपाली नागरिकको विवेकको सम्मान गर्न हामी आग्रह गर्दछौ भनिएकोछ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30