मङ्लबार, बैशाख ११, २०८१

राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन राष्ट्रपति भण्डारीको आह्वान

[फाइल फोटो]

काठमाडौ जेठ २,
२५६६औँ बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्नु हुँदै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भादव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गराई बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा सदैव अग्रसर रहन आह्वान गर्नुभएको छ ।

त्यस्तै जारी सन्देश मार्फत राष्ट्रपति भण्डरीले विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६६औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण मानव सभ्यतालाई शान्ति र अहिंसाको मार्गदर्शन गर्ने गौतम बुद्धको जन्मभूमि नेपाल हुनु हामी सबैका लागि गौरवको विषय भएको र आत्मचिन्तन, जीवनको भोगाइ अनि अनुभवबाट प्राप्त ज्ञानलाई विशिष्ट दर्शनका रूपमा विकास गरी मानवीय दःख निवारणको बाटो पहिल्याउने द्रष्टाका रूपमा गौतम बुद्धको अद्वितीय स्थान रहेको बताउँदै मुलुकभर छरिएका चैत्य, गुम्बा, विहार एवं बौद्ध धर्मसम्बन्धी सांस्कृतिक तथा पुरातात्विकस्थलहरूको उचित विकास र संरक्षणमा सम्बद्ध पक्षले विशेष ध्यान पु-याउनु आवश्यक रहेको जिकिर गर्नुभएको छ । साथै सन्देशमा बुद्ध जन्मस्थल लुम्बिनीलाई विश्व शान्तिको केन्द्रका रूपमा विकास गर्ने सुदृढ राष्ट्रिय सङ्कल्पका लागि समेत आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ भन्ने मलाई लाग्दछ भनिएको छ,।

यसैवीच राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको उभौली पर्वले सम्पूर्ण नेपाली बीचको सामाजिक, सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध, समतामूलक, सभ्य र सुसंस्कृत समाज निर्माणका लागि सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बुद्धजयन्तीका अवसरमा विश्वमा शान्ति, अहिंसा, सहअस्तित्व, सहिष्णुता, भ्रातृत्व र विश्व बन्धुत्वको भावना प्रवद्र्धन होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।

साथै उहाँले आफे सन्देशमा प्रधानमन्त्री शेरबहादुर देउवा २५६६औँ बुद्ध जयन्तीका समग्र मानव समुदायमा एकता र पारस्परिक सम्मान अभिवृद्धि गर्न सबैलाई उत्प्रेरणा प्रदान गरोस् भन्ने कामनाका साथ सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले २५६६औँ बुद्ध जयन्तीका अवसरमा नेपालको भूमिमा जन्मेर शान्तिका दूत गौतमबुद्धले प्राप्त गर्नुभएका ज्ञान आजसम्म सान्दर्भिक र जीवनोपयोगी भएको र बुद्धका विचारले विश्व शान्ति र मानव कल्याणका लागि आज पनि उत्तिकै महत्व रहको जिकिर सहित सामाजिक ऐक्यबद्धता, पारस्परिक सम्मान एवं सद्भावले नै समाजको सामूहिक विकास र समृद्धिमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ ।