शुक्रबार, बैशाख ७, २०८१

 गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन केन्द्रको आज उद्घाटन हुँदै 

काठमाडौं जेठ २ ,
२५६६औँ बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजन अन्र्तगत प्रधानमन्त्री शेरबहादुर देउवाले आज एक विशेष कार्यक्रमकवीच गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल र अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आज औपचारिक उद्घटन संगै मंगलवारबाट औपचारिक रूपमा सञ्चालनमा आउने जानकारी दिदै  विमानस्थल समवद्ध अधिकारीले यसको सञ्चालन संगै अन्तर्राष्ट्रियजगत्सँग सिधा हवाई सम्पर्क स्थापित हुने जनाएको छ ।

त्यस्तै लुम्बिनीमा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन तथा ध्यान केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री देउवाले केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको यस केन्द्रको

उद्घाटनपछि बुद्धपूर्णिमाको मूल समारोह कार्यक्रम यसै हलमा आयोजना हुने बताइएको विशेष कार्यक्रमलाइप्रम देउवाको भारतीय समकक्षी नरेन्द्र मोदीले सम्बोधन गर्नुहुने लुम्बिनी विकास कोषले जनाएको छ। यस अघि उक्त सम्मेलन केन्द्रको २०७५ साल वैशाख १७ गते २५६२औँ बुद्ध जयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गर्नुभएको थियो ।

 

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30