बुधबार, बैशाख १२, २०८१

काठमाडौं महानगरमा वालेन ३४ सय १० मतसहित पहिलो स्थानमानै

काठमाडौं जेठ १,
काठमाडौं जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालयले काठमाडौं महानगरको पछिल्लो निर्वाचत विवरण अपडेट सार्वजनिक गर्दै काठमाडौं महानगर प्रमुखको निर्वाचन मा स्वतन्त्र उम्मेदवार वालेन साहको ३४ सय१० मतसहित पहिलो स्थानमानै रहेको जनाएको छ ।

त्यस्तै दोस्रो स्थानमा एमालेका केशव स्थापित १६ सय ९४ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह १६ सय २० मतसहित तेस्रो स्थानमा रहेको जनाएको छ।  साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठको ३२५, स्वतन्त्रका सुमन सायमी ३२८ मत प्राप्त गरेको जानकारी दिएको छ।

त्यस्तै महानगर उपप्रमुखमा सुनिता डंगोलले ३३ सय ८४ मत प्राप्त गर्दै गर्दा गठबन्धनतर्फका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत प्राप्त गर्नुभएको जानकारीदिनुभयो । यसैवीच महानगर वडा न १को सम्पूर्ण मत गणना सकएको र मतपरिणाम रुजु पछि अन्तिम मतपरिणाम सार्वजनिक गरिने कार्यालयले जनाएको छ। त्यस्तै

स्थानीय तह निर्वाचन निर्वाचन अन्र्तगत भएको मतदानको गणनाको क्रममा मत गन्दै गरेको वडा न १,२,३,४, ३२ र ३१ मध्ये वडा न १ मा अध्यक्षका उम्मेदवार ६ जना रहेका छन । त्यस्तै वडा न २ मा ६ जना, वडा न ३ मा ५ जना, वडा ४मा ७ जना र वडा न ३२ मा ७ जना उम्मेदवार रहेका छन । समग्रमा महानगरको ३२ वडाका लागि २१० जना अध्यक्षको उम्मेदवार रहेको निर्वाचन समितिले जनाएको छ।