शनिबार, बैशाख ८, २०८१

१ हजार २ सय ८० मत गन्दा महानगर प्रमुखमा स्वतन्त्र उम्मेदवार शाह ४०२ मतसहित पहिलो स्थानमा

काठमाडौं वैशाख ३१,
शुक्रवार सम्पन्न स्थानीय  निर्वाचन अन्र्तगत शनिबार बिहान साढे ९ बजेदेखि सुरु भएको मतगणनाको पछिल्लो आधिकारीक अपडेट परिणाम अनुसार काठमाडौं महानगरपालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाह ४०२ मतसहित पहिलो स्थानमा रहेका छन ।

अहिलेसम्म वडा १ र ३२ का ५/५ सय र वडा नम्बर २ को १८० संख्याको मतगणना सकेसंगै निर्वाचन समतिले यस्तो जानकारीदिएकोहो ।

त्यस्तै ३१९ मतसहित दोस्रो स्थानमा एमालेका उम्मेदवार केशव स्थापित र २०२ मतसहित तेस्रो स्थानमा नेपाली कांग्रेसकी सिर्जना सिंह रहेकाी छिन ।

त्यस्तै राप्रपाको उम्मेदवार मदनदास श्रेष्ठले ५३, समीक्षा बास्कोटा १३ र सुमन सायमीले ६४ मत प्राप्त गरेका छन ।  त्यस्तै उपप्रमुखमा मने एमालेका उम्मेदवार सुनिता डंगोलले ५२० मत सहित अग्रस्थानमा रहेकी छिन