बुधबार, बैशाख १२, २०८१

काठमाडौं महानगरको महानगरको मतगणना सुरु

काठमाडौं बैशाख ३१
शुक्रवार सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौँ महानगरपालिकाको मत गणना सुरु भएको छ । विहान करिब साढे ९ बजेबाट वडा न १ नक्सालबाट गणना सुरु गरिएको हो । त्यसपछि वडा ३२ को गणना थालिएको निर्वाचन समितिले जनाएको छ।

कुल मतदाता ३ हजार ७२९ जना वडा नं. १ मा ३ वटा मतदान स्थल र ५ वटा मतदान केन्द्रबाट निर्वाचन भएको थियो । यसै गरी वडा ३२ मा ९ मतदान स्थल र २२ वटा केन्द्र थिए । यस वडामा १८ हजार ९१३ जना मतदाता रहेका छन् ।