शुक्रबार, चैत्र १६, २०८०

काठमाडौं महानगरमा कुल १ लाख ९१ हजार १८६ मतदाताले गरे मतदान

काठमाडौं महानगरमा कुन वडामा कति प्रशितशत मत खस्यो  सूची सहित 

काठमाडौ वैशाख ३०,
आज सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौं महानगर पालिकाको ३२ वडामा कुल ६४.३८ प्रतिशत मत खसेको छ ।

३ लाख २ सय ४२ मतदाता रहेको काठमाडौं महानगरमा १५६ केन्द्र र ३६३ बुथबाट जनप्रतिनिधि चुनिँने क्रममा महानगरको सबैभन्दा धेरै मतदाता रहेको वडा नं १६ मा २० हजार १७५ जना मतदाता मध्ये जम्मा १२,३३६ अर्थात ६१।१४ प्रतिशत मतदाताले मतदान गरेका छन ।

त्यस्तै सवभन्दा कम अर्थात ३ हजार ७२९ जना मात्र मतदाता रहेको वडा नं. वडा १ मा २३१८ मत मात्र खसेका छन । जुन प्रतिशतको आधारमा भन्ने हो भने ६१ं,१६ प्रतिशत हो ।

समग्रमा वडा न १ वडा देखि ३२ वडा सम्म सूचीकृत ३ लाख २ सय ४२ मतदाता मध्ये जम्मा १ लाख ९१ हजार १८६ मत खसको छ ।