बिहिबार, बैशाख १३, २०८१

निर्वाचन सम्पन्न भएसंगै मतपेटीका सभागृहमा ल्याउनेक्रम जारी

काठमाडौ वैशाख ३०,
आज सम्पन्न स्थानीय तह निर्वाचन अन्र्तगत काठमाडौं महानगर पालिकाको ३२ वडाको मत गणना भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा हुने भएको छ।

काठमाडौँ जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार निर्वाचन सम्पन्न भएसंगै मतपेटीका सभागृहमा ल्याउनेक्रम जारी रहेको जनाउँदै सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै काठमाडौँका सबै पालिकाका मतगणनास्थलमा तार जाली लगाइएको जानकारीदिनुभयो ।

त्यस्तै  उहँँले सबै वडाको मतपेटीका आइसकेपछि सर्वदलीय बैठक बसेपछि मतगणनाको प्रक्रिया सुरु गर्दै एकसाथ पाँच वडाबाट गणना सुरु गर्ने तयारी रहेको मुख्य निर्वाचन अधिकृत खतिवडाले बताउनुभयो ।

साथै राष्ट्रिय सभा गृहको मतगणना परिणामलाई सार्वजनिक गर्न कासभागृहको प्रवेशद्वारमा महानगरपालिकाले डिजिटल बोर्ड राखिएको जानकारीदिदै सञ्चारकर्मीको रिपोर्टिङ सहजताका लागि सामाजिक सञ्जालमा प्रत्यक्ष प्रशारण गर्ने, सञ्चार कक्षबाट मत गणना घोषणाको प्रत्यक्ष प्रशारण गर्न मिल्ने व्यवस्था मिलाइएको उहाँले जानकारीदिनुभयो ।