बिहिबार, बैशाख १३, २०८१

भारतका प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल भ्रमण आउँदै

काठमाडौं बैशाख २९,
प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी जेठ २ गतेदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ। परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री मोदी लुम्बिनीमा आयोजना हुने बुद्ध जयन्तीको विशेष कार्यक्रममा सरिक हुने नेपाल आउन लाग्नु भएको जानकारी उल्लेख गरिएको छ।

त्यस्ते प्रधानमन्त्री मोदीे सवार विमान दिल्लीबाट सिधै नेपालको लुम्बिनी अवतरण हुने जनाउँदै मन्त्रालयले जेठ २ गते प्रधानमन्त्री देउवासँगै भारतका प्रधानमन्त्रीले मायादेवी मन्दिरमा पूजाआजा गर्ने, लुम्बिनीको विहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदाको केन्द्र निर्माणको शिलान्यास गर्ने र विशेष समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जनाएको छ।

भारतका प्रधानमन्त्रीको विशेष भ्रमणले दुई देशबीच ििवद्यमान सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास सहित भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री डा। नारायण खड्काले समेत विशेष भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले गरेको छ।