शुक्रबार, बैशाख ७, २०८१

निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मताधिकारको प्रयोग गर्न आव्हान

काठमाडौ वैशाख २९,
देशैभरका ७५३ स्थानीय तहकालागि शुक्रवार हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ। त्यस्तै निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन आयोगले आवश्यक सबै तयारी गरेको जानकारीदिदै आयोगका प्रवक्ता सहायक प्रवक्ता एवं उपसचिव सूर्यप्रसाद अर्यालले निर्धक्क भएर मताधिकारको प्रयोग गर्न आव्हान गर्नुभएको छ।

स्थानीय तह निर्वाचनमा भाग लिने भनी दर्ता भएका ७९ वटा राजनीतिक दलमध्ये जम्मा ६५ वटा राजनीतिक दलवीच हुने चुनावी प्रतिस्पर्धा हुने जानकारीदिदै आयोगले पत्रकार सम्मेलनमा शुक्रवारको निर्वाचन मार्फत चुनिने ३५ हजार २२१ जनामध्ये विभिन्न राजनीतिक दलका ३५५ जना पदाधिकारी संगै छ वडाध्यक्षसहित ३५ जना स्वतन्त्र सदस्य निर्विरोध निर्वाचित भइसकेको जनाएको छ। साथै शुक्रवार त्यसवाहेकका अन्य उम्मेदवारवीच चुनावी प्रतिस्पर्धा हुने जनाएको छ।

साथै निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्वाधरूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्ति सुरक्षाको कडा व्यवस्था मिलाउन नेपाल सरकारलगायत सम्बन्धित स्थानीय प्रशासनलाई आवश्यक निर्देशन दिइसकिएको र सोबमोजिम निर्वाचन सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको जनाउदै आयोगले यसपटक प्रत्येक मत गणनास्थलमा सिसी क्यामरा जडान गर्न अधिकांश स्थानमा प्रबन्ध भइसकेको जानकारी दिँदै मतगणना कार्यलाई विश्वासिलो, भरपर्दो, पारदर्शी र स्तरीकृत गर्ने कार्य समेत भएको जनाएको छ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30