शुक्रबार, बैशाख ७, २०८१

शुक्रवार काठमाडौँ महानगरमा ३ लाख २ सय ४२ मतदाताले मतदान गर्ने

 काठमाडौ महानगरमा १५६ मतदान केन्द्र र ३६३ बुथको व्यवस्थापन,

काठमाडौँ बैशाख २९,
शुक्रवार सम्पन्न हुँने स्थानीय तह सदस्य निर्वाचनमा काठमाडौँ महानगरमा १५६ केन्द्र र ३६३ बुथबाट जनप्रतिनिधि चुनिँदै छन् । ३ लाख २ सय ४२ मतदाता रहेको महानगर अन्र्तगत ३२ वटा वडा समिति रहेका छन । यसमध्ये सबैभन्दा धेरै मतदाता रहेको वडा नं. १६ मा २० हजार १७५ जना मतदाताले मतदान गर्ने छन ।

त्यस्तै धेरै मतदाता हुने दोस्रो वडाको सूचीमा रहेको वडा नं. ३२ १८ हजार ९१३ जना मतदाता पनि मतदानका लागि हौसिएका छन । त्यस्तै वडा ३१ मा १८ हजार १०७ जना मतदाता रहेका छन यो धेरै मतदाता हुने तेस्रो वडाको सूचीमा रहेको वडा हो ।

त्यस्तै महानगरका ३२ वडा मध्ये सबैभन्दा कम मतदाता रहेको वडा नं. १ जहाँ ३ हजार ७२९ जना मात्र मतदाता रहेका छन । त्यस्तै वडा १८ मा ३ हजार ९३९ जना मतदाता वडा नं. २३ मा ४ हजार ४७७ जना मतदाता रहेका छन । साथै वडा २० मा ४ हजार ६१४ जना मतदाताको नामावली मतदाता सूचीमा रहेका छन ।

काठमाडौं जिल्ल निर्वाचन कार्यालयका अनुसार महानगरमा १५६ वटा मतदान केन्द्र ३६३ वटा वुथ रहेको जनाएको छ । जसमध्ये वडा ३१ म सबैभन्दा धेरै ११ वटा मतदान केन्द्र रहेको छ । त्यस्तै १० वटा मतदान केन्द्र रहेको अर्को वडा हो वडा न १६ रहेका छन भने वडा ७ र ३२ मा ९÷९ वटा केन्द्र रहेको निर्वाचन कार्यालयले जनाएको छ।

त्यस्तै गरि सबैभन्दा कम मतदान केन्द्र रहेको महानगरका वडा न २३ जहाँ एकमात्र निर्वाचन केन्द्र रहेको छ । त्यसपछि वडा १९, २० र २४ मा २/२ वटा मात्र केन्द्ररहेका छन् भने वडा १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र रहेको छ । साथै २० हजार १७५ जना मतदाता रहेको वडा न १६ मा सबैभन्दा धेरै अर्थात २३ वटा वुथ रहेको छ त्यसपछि वडा ३१ र ३२ मा २२÷२२ वटा रहेका छन भने वडा १४ हो । यस वडामा २१ वटा वुथ रहेको छ ।