शनिबार, बैशाख ८, २०८१

मतदाता शिक्षा : सही तरिकाले मत संकेत गर्न आयोगको आग्रह

काठमाडौं वैशाख २८,
निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित जारी मौन अवधिमा आ-आफ्नो मतदान स्थलबाट नयाँ मतदातालाइ परिचयपत्र दिदै निर्वाचनमा मतदान गर्ने तरिका सम्बन्धी जानकारी दिएकोछ ।

स्थानीय तहको चुनावमा मतदाताले सातवटा पदका लागि अर्थात अध्यक्ष वा प्रमुख, उपाध्यक्ष वा उपप्रमुख, वडा अध्यक्ष, महिला वडा सदस्य र दलित महिला वडा सदस्यका लागि मतदान गर्नु जानकारी सहित आयोगका तर्फबाट खटिएका स्वयमसेवकले पहिलोदेखि  ५औं लहरसम्म कुनै एक चिन्हमा मात्रै मत संकेत गर्नुपर्ने अन्यथा मत बदर हुने भएका कारण सावधानीपूर्वक मतदान गर्न अपिल गर्दै एउटा लहरमा एक भन्दा बढी चिन्हमा मतदान नगर्न मतदाता शिक्ष दिएको हो ।

त्यस्तै मतदाताले खुला सदस्यलाई मतदान गर्दा अघिल्ला लहरमा जस्तो एउटा मात्रै लहरमा गर्नुपर्छ भन्ने बाध्यता नभएको एउटै लहरको कुनै दुई चिन्हमा तलमाथि हुने गरी पनि मतदान गर्न सकिने जानकारी दिएको छ। साथै खुला सदस्यका लागि मतदान गर्दा दुई चिन्हबीच सिधा वा छड्के हुने गरी पनि मतदान गर्न सकिन्छ, त्यसरी गरिएको मतदान बदर नहुने जानकारीदिएको छ।

साथै अन्तिम लरहमा रहेका दुई कोठा मध्ये कुनै दुईमा मतदान गर्न सकिन्छ। खुला सदस्यलाई मतदान गर्दा अघिल्ला लहरमा जस्तो एउटा मात्रै लहरमा गर्नुपर्छ भन्ने बाध्यता छैन, एउटै लहरको कुनै दुई चिन्हमा तलमाथि हुने गरी पनि मतदान गर्न सकने जनाएको छ।