बिहिबार, बैशाख १३, २०८१

सार्वजनिक विदा र शैक्षिक सत्रको व्यवस्थापन मिलाउँन मन्त्रालयको निर्देशन

विद्यालयमा शुक्रबार आधा दिनको सट्टा पूरा दिन पढाइ हुने

काठमाडौं वैशाख २८,
सरकारले जेठ १ गतेबाट सातामा दुइ दिन अर्थात शनिवार आइतवार सार्वजनिक विदा दिने निर्णय गरेसंगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक संस्थामा यसअघि हुँदै आएको बिदालाइ समायोजना गर्ने निर्णय गरेको छ।

सातामा दुइ दिन विदा भएसंगै शैक्षिक संस्थामा हुँदै आएको पढाइ क्यालेण्डर संगै यसअघि कार्यान्वयन हुँदै आएको हिउँदे, वर्षे र स्थानीय बिदा गरि वार्षिक रुपमा हुँदै आएको ४५ दिने विदा कटौती गरि ३० दिने बिदाको अवधारणा कार्यान्वयन गर्न लागेको हो ।

त्यस्तै मन्त्रालयका प्रवक्ता दीपक शर्माले हप्तामा दुई दिन बिदा गर्दा पाँच दिन शुक्रबार समेत १० देखि ४ बजेसम्म समय कायम हुने गरि वार्षिक क्यालेण्डर बनाउदै सार्वजनिक विदा र शैक्षिक सत्रको व्यवस्थापन मिलाउँन निर्देशन दिइएको जानकारी दिनुभयो ।