बुधबार, मंसिर २०, २०८०
Dashain

मंगलबार मध्यरातबाट मौनअवधि लागू ,निर्वाचन प्रचारप्रसारका सबै गतिविधि बन्द

काठमाडौं वैशाख २८,
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन प्रयोजना कालगि मंगलबार मध्यरात १२ बजेपछि मौनअवधि लागू भएको छ । मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधिलाइ जनाउने जानकारी दिदै आयोगले जारी ४८ घण्टा मौनअवधि शुक्रबार साँझ ५ बजे मतदान नसकिएसम्म कायम रहने जनाएको छ ।

त्यस्तै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मौनअवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने जानकारी दिदै यस अवधिमा कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न नपाइने जानकारीदिनुभएको छ।

साथै उहाँले सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख भएका कारण त्यस विपतिका क्रियाकलाप समेत गर्न निषेध गरिएको छ ।

साथै मौन अवधिमा प्रचारप्रसारका सबै गतिविधि बन्द हुने र यसको निगरानीका लागि आयोगले आवश्यक सम्पूर्ण संयन्त्र परिचालन गरिएको जनाउँदै मौनअवधि उल्लङ्घन गर्नेलाई आयोगले रु एक लाखसम्म जरिवाना तथा उम्मेदवारी रद्द गर्न सक्नेसम्मको सजायको निर्णय गर्न सक्ने अधिकार रहेको उहाँले जानकारी दिनभएको छ।

साथै निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा १ मा ‘निर्वाचन आचारसंहिता कार्यान्वयन र अनुगमन’ सम्बन्धी व्यवस्था छ । त्यसैलाई टेकेर आयोगले ‘मौनअवधिमा पालना गर्नुपर्ने आचरण’ शीर्षकमा १८ बुँदे निर्देशन जारी गरेको छ । ऐनको उपदफा ३ मा ‘आयोगले दिएको आदेशबमोजिम कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई एक लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने व्यवस्था रहेको जानकारी दिनुभएको छ।

त्यस्तै आयोगले सोमबार स्थानीय तह सदस्य निर्वाचनको मौन अवधिमा २०७९–०१–२७ गते राति १२ बजेदेखि उम्मेदवार र उनीहरुका फ्यानहरुका फेसबुक, ट्वीटर, टिकटक लगायतका पेजहरुमा स्पोन्सर पोष्ट हुन सक्ने भएकाले सबै उम्मेदवार तथा फ्यानहरुलाई मौनअवधि शुरु हुने अगाडि सामाजिक सञ्जालका त्यस्ता पेजमा भएका निर्वाचन आचारसंहिता विपरीतका चित्रहरु–पोष्टहरु हटाउन र नयाँ पोष्ट नगर्न निर्देशन दिन र सोको आवश्यक नियमन गर्न आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जनाएको छ ।’

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30