शनिबार, बैशाख ८, २०८१

सपना बाँड्न होइन काठमाडौँलाई ‘महान् घर’ बनाउन उम्मेदवार बनेको नेत्री सिंहको उद्घोष

काठमाडौ वैशाख २७,
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्र्तगत आज नेपाली काँग्रेस काठमाडौं महानगर समितिले राजधानीको असन चोकमा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दे काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार रहेकी काँग्रेस नेतृ सिर्जना सिंहले काठमाडौँको समग्र विकासका लागि आफूले ठूला सपना नबाँडेको बताउँदै आफूले अगाडि सारेको सङ्कल्प पत्रअनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ।

तयस्तै सम्बोधनको क्रममा उहाँले आफूले चुनावको लागि जनताको भावना संगै खेल्दै झुठा सपना खोक्रा आश्वासन बाँड्न होइन काठमाडौँलाई ‘महान् घर’ बनाउन तत्काली महानगर प्रमुख पिएल सिंहले अघि सारको परिकल्पनालाई पूरा गर्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

साथै उहाँल े सुरक्षित काठमाडौँ निर्माण, सार्वजनिक स्थानमा निःशुल्क खानेपानीको वितरण, सार्वजनिक शौचालयको निर्माणसंगै उहँँको अनेकनविकृतिको समाधान आफ्नो प्रमुख प्राथमिकता भएको बताउनुभयो।


त्यस्तै सम्बोधनको क्रममा नेतृ सिंहले निम्न आय भएका महिलालाई विशेष राहत संगै विदुर पुरुषहरुका लागि विशेष राहतको भत्ताको व्यवस्था गर्ने बताउनुभयो । त्यस्तै गरि गठबन्धनका तर्फबाट उपप्रमुखका उम्मेदवार रामेश्वर श्रेष्ठले आफू निर्वाचित भएमा सुशासनयुक्त महानगर, भ्रष्टचारमुक्त महानगर निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।