बुधबार, मंसिर २०, २०८०
Dashain

जनमतको अपमान गर्ने उम्मेदवारलाइ जनताले साइजमा ल्याउँने महामन्त्री थापाको विस्वास

काठमाडौ वैशाख २७,
बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्र्तगत आज नेपाली काँग्रेस काठमाडौं महानगर समितिले राजधानीको असन चोकमा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै काँग्रेस महामन्त्री गगन थापाले यसअघिको निर्वाचनमा प्राप्त जनमतको अपमान गर्दै जनआकंक्षाको सम्बोधन नगर्ने दल र त्यस दलका जोकोहि उम्मेदवारलाइ पनि जनताले साइजमा ल्याउँने बताउनुभएको छ।

महामन्त्री थापाले यसअघिको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरमा एमालको तर्फबाट निर्वाचित जनप्रतिनिधीले गरेका वाचा र प्रतिबद्धता पूरा भयो कि भएन त्यसलाई हेरेर यो निर्वाचनमा जनताले आफ्नो अधिकारको प्रयोग गर्ने विस्वास सहित यसपटक महानगरका जनताले काठमाडौँ महानगरपालिकाको प्रमुखमा काँग्रेस नेतृ सिर्जना सिंह लगायत गठबन्धनका उम्मेदवारलाई विजय गराउन पछि पर्न नहुने बताउनुभयो ।

साथै सम्बोधनको क्रममा एमाले अध्यक्ष केपी ओलीको अराजकताको चर्चा गर्दै उहाँले काठमाडौँ महानगरको प्रमुखमा  नेपाली काँग्रेसले जितेमा युवालाई साथ र सहयोग लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

त्यस्तै चुनावी सभामा नेकपा एसका उपमहासचिव डा विजय पौडेल काठमाडौ काँग्रेसका सभापति सबुज बानिया कांग्रेसका नेता एवम् पूर्वमन्त्री भीमसेनदास प्रधान लगायतका वक्ताले निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन आग्रह गर्नुभएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30