शनिबार, बैशाख ८, २०८१

निर्धक्क भएर मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई आयोगको आग्रह

[फाइल फोटो]

काठमाडौ वैशाख २७,
निर्वाचन आयोगले आगामी बैशाख ३० गते देशैभरका ७५३ स्थानीय तहको लागि एकै चरणमा सम्पन्न हुने निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन जानकारी दिएको छ। निर्वाचन कार्यक्रम अन्र्तगत आज मध्यरातबाट मौन अवधि सुरु हुनुअघि आयोगले विशेष पत्रकार सम्मेलनमार्फत् यस्तो जानकारीदिएको हो ।

त्यस्तै पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले वैशाख ३० गते हुने मतदानलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान गर्दै निर्धक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गर्नुभएकोछ । साथै ३ घेरे सुरक्षा व्यवस्था सहित सम्पन्न् हुने निर्वाचनको सुरक्षा मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्थासहित सुरक्षा व्यवस्था चुस्त र भरपर्दो रेको भन्दै निर्धक्कसाथ मतदानमा सहभागी हुन प्रमुख आयुक्त थपलियाले आग्रह गर्नुभएको हो ।

साथै उहाँले पत्रकार सम्मेलनमा निर्वाचन सम्पन्न गराउन सञ्चार माध्यमले उत्साहजनक सहयोग रहेको जनाउ सहित सञ्चार माध्यमको तारिफ समेत गर्नुर्भयो । त्यस्तै पत्रकार सम्मेलन पछि जारी विज्ञप्तिमा वैशाख ३० गते हुने स्थानीय तह सदस्यको निर्वाचनमा कसैको डर, धाकधम्की र त्रास नमानी निर्धक्क भएर आफूले रोजेको प्रतिनिधिलाई मतदान गर्न आयोग मतदाताहरुलाई हार्दिक अपिल गर्दछ” भनिएकोछ ।

साथै आयोगले यस निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ जना विभिन्न पदाधिकारी निर्विरोध निर्वाचित भइसकेका जानकारीदिदै स्थानीय तह निर्वाचनमा भाग लिने भनि दर्ता भएका ७९ वटा राजनीतिक दलहरुमध्ये जम्मा ६५ वटा राजनीतिक दलहरु चुनावी प्रतिस्पर्धामा रहेको र
उल्लेख गरिएको छ ।

त्यस्तै यसवीचम निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने विभिन्न दल, उम्मेदवार र व्यक्तिलाई आयोगमा प्राप्त उजुरी र जानकारीका आधारमा आचारसंहिता विपरीत भएका कार्यहरु हटाउन आदेश दिने, स्पष्टीकरण सोध्ने, सचेत गराउनेजस्ता कार्यहरु भइरहेको जनाउदै आयोगले विज्ञप्तिमार्फत अनुगमन टोलीलाई निर्वाचनको गोपनीयतामा प्रतिकूल असर नपर्नेगरी निर्वाचन कार्यसँग सम्बन्धित दृश्यको छायाङ्कन गर्न आवश्यकताअनुसार भिडियो क्यामेरा वा अन्य विद्युतीय उपकरण प्रयोग गरी दृश्य छायाङ्कंन गर्नसक्ने जनाएको छ।

साथै मौन अवधिमा कुनै माध्यमबाट निर्वाचन प्रचार प्रसार गर्न तथा मतदातालाई प्रभाव पार्ने किसिमका कुनै पनि गतिविधि गर्न नपाइने प्रष्ट पार्दै अनुगमन टोलीलाइ मौन अवधिमा आमसभा, कार्यशाला, गोष्ठी, सम्मेलन, भोजभत्तेर, पैसा बाँड्ने काम भए नभएको र सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिने काम भए नभएको अनुगमन गरी त्यस्तो कार्य भएगरेको पाइएमा तत्काल आवश्यक कारवाही गरी आयोगलाई जानकारी गराउने अधिकार समेत दिइएको उल्लेख गरिएको छ।