मङ्लबार, बैशाख ११, २०८१

वैशाख ३० देखि जेठ २ गतेसम्म सार्वजनिक बिदा

काठमाडौ वैशाख २६,
सरकारले स्थानीय तह निर्वाचनको मतदान हुने दिन वैशाख ३० गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शुक्रबार नेपाल राज्यभरिका सबै सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा सम्बन्धी निर्णय गरेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले दिइएको जानकारी दिनुभएकोछ ।

यसैवीच सरकारको प्रस्तुत निर्णय संगै  ३० गतेदेखि लगातार चार दिन सार्वजनिक बिदा हुने भएको छ । बैशाख ३० गते शुक्रवार सम्पन् हुने निर्वाचनको भोलिपल्ट वैशाख ३१ गते शनिवार परेको छ भने जेठ १ गते अर्थात आइतवार पनि सरकारले सार्वजनिक बिदा दिने निर्णय यसअघि नै गरिसेको छ । त्यस्तै जेठ २ गते सोमवार बुद्धजयन्ती पर्वको स्वभाविक सार्वजनिक बिदा परेको अवस्था छ ।