शुक्रबार, बैशाख १४, २०८१

जस्मिन फिटनेसको रक्तदान र नि:शुल्क स्वास्थ्य शिविर

काठमाडौं बैशाख २५ ,
एकदशक भन्दा लामो समय यता देखि फिटनेसको क्षेत्रमा अघि बढीरहेको जस्मिन फिटनेसले वयोदा हस्पिटलसँग सहकार्यमा रक्तदान र निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । यसअघि पनि विभिन्न जनचेतनामुलक कार्यक्रमसँगै स्वास्थ्य सम्बन्धी कार्यक्रम गर्दै आएको जस्मिन फिटनेसले आफ्नो नियमित कार्यक्रम अन्र्तगत शनिवार निःशुल्क स्वास्थ्य शिविर र रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

फिटनेश आफैं स्वास्थ्यसँग सम्बन्धित भएकाले यस किसिमको शिविरको आयोजना गरिएको जनाउदै शिविरमा मधुमेह परीक्षण , ब्लडटेस्ट, इसीजी, रक्तदान कार्यक्रम भएको जस्मिन फिटनेसका डाइरेक्टर रमेश जलानले बताए ।

यसैबिच वयोधा हस्पिटलका डाक्टर कञ्चन योयन्काले जिम वडी बिल्डिङ्को लागि मात्र नभएर शारिरिक र मानसिक रुपमा पनि स्वस्थ रहनको लागि आबश्यक भएकाले फिटनेससँगको सहाकार्य प्रभावकारी हुने बताए ।

जस्मिन फिटनेस सेन्टर र वयोदासँग सहकार्य गरेर बढ्दा निरन्तर सहयोगसँगै फिटनेसका मेम्बर र वयोधाबिच भएके सम्झौता अनुरुप अस्पतालले प्रदान गर्ने हरेक सेवामा डिस्काउण्ट सहित सेवा प्रदान गरिदै आएको बताए ।