शुक्रबार, चैत्र १६, २०८०

महानगर १९ मा ५ पदका लागि १९ उम्मेदवार चुनावी मैदानमा

काठमाडौ बैशाख २४ ,
स्थानीय तह निर्वाचनको मिति ६ दिन बाँकी हुँदै गर्दा राजनैतिक दल देखि स्वतन्त्र उम्मेदवाहरुलाइ भ्याइ नभ्याइको अवस्था सिर्जना भएको छ।

आफ्नो उम्मेदवारीको प्रचारको क्रममा स्थानीय जनताको घरदैलौमा आ- आफ्नो योजना सहित प्रत्यके १५ देखि २० मिनेटको फरकमा एक पछि अर्को गर्दै घरदैलौ अभियानमा दलका नेता र स्वतन्त्र उम्मेदवारहरु दलबल सहित आफ्नो निर्वाचन क्षेत्रका जनताको घरदैलोमा पुग्दै गरेको दृष्यले प्रत्येक टोल क्षेत्र निर्वाचनमय भएको पाइन्छ । देशभरका ७५३ स्थानीय तहमा कुल ३५ हजार २२१ पदका लागि हुने निर्वाचनका लागि १ लाख ४१ हजारको मनोनयन दर्ता भएका छन ।

यसैक्रममा काठमाडौं महागरमा सत्ता गठबन्धनको तर्फबाट प्रमुखमा सिर्जना सिंह र उपप्रमुखमा रामेश्वर श्रेष्ठ निर्वाचनको मैदानमा रहेका छन भने नेकपा एमालेबाट केशव स्थापित र सुनिता डंगोल प्रमुख र उप्रमुखमा चुनाव लड्दै छन ।

त्यस्तै गरि राप्रपाको तर्फबाट कलाकार मदनदास श्रेष्ठ र विनिता मगैया चुनावी प्रतिस्पर्धा रहेका छन । त्यस्तै विवेकशिलको तर्फबाट समिक्षा बास्कोटा र स्वतन्त्र उम्मेदवार वालेन शाहले संगै करिव ५ दर्जन उम्मेदवारहरुले काठमाडौं महानगरको प्रमुखका लागि प्रतिस्पर्धा गर्दैछन ।

यसैवीच आज हामीले ३२ वटा वडा नगर समितिमा विभाजित काठमाडौं महागरको ५ हजारको हाराहारीमा मतदाता रहेको भित्री शहरको वडा न.१९ का लागि एक वडाध्यक्ष र ४ वडा सदस्यका लागि चुनावी मैदानमा रहेका उम्मेदवारको चर्चा गर्दैछौं ।

काठमाडौं महानगर वडा न. १९ मा नेपाली काँग्रेसले काठमाडौं क्षेत्र न. ८ का क्षेत्रीय सभापति समेत रहेका राजेश श्रेष्ठको नेतृत्वमा क्रमस चन्द्रमान डंगोल, दिनेशमान जोशी, रञ्जिता परियार र रेणु शाहीलाइ मैदानमा उतारेका छन ।

एमालेले चन्द्रमान मुनिकारको नेतृत्वमा लक्ष्मी हिरा शाक्य , तिर्थ देवी पुजारी, निरब शाही र सुरेन डंगोललाइ उम्मेदवार बनाएको छ ।

त्यस्तै राप्रपाले सविक शाहीको नेतृत्वमा एलिना शाही, मनिल शाही, सुर्वणमान महर्जनलाइ चुनावी मैदानमा उतार्दै गर्दा नेकपा समाजवादीले मिलन शाहीको नेतृत्वमा प्रतिक खड्गी , रिता शाक्य र रिकेश शाहीलाइ उम्मेदवार बनाएका छन।

त्यस्तै स्वतन्त्र उम्मेदवारका रुपमा राजीव श्रेष्ठ एकल वडाध्यक्षको उम्मेदवारको रुपमा चुनावी मैदानमा आएका छन । यसअघिको निर्वाचनमा काँग्रेस नेतृत्वको प्यालनै निर्वाचित वडा न. १९ का लागि यसपटक ५ जना वडाध्यक्ष् र वडा सदस्यमा आरक्षण समेत गरि १४ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन।