शुक्रबार, बैशाख ७, २०८१

सत्ता गठबन्धन राष्ट्रिय आवश्यकता :प्रधानमन्त्री एवम् काँग्रेस सभापति देउवा

काठमाडौ बैशाख २४ ,
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित हुँदै सत्ता गठबन्धनले आज बुटवलमा आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान र लोकतन्त्रको रक्षाका लागि निर्वाचित संसद् भङ्ग गर्ने ओलीको अराजक कदमलाई रोक्नकै लागि सत्ता गठबन्धन आवश्यक बनेको बताउनुभएको छ ।

त्यस्तै उहाँले मुलुकमा लोकतन्त्रको आवरणमा मौलाएको अराजकताबाट देशको संविधानलाइ बचाउन बनेको सत्ता गठबन्धन समग्रमा राष्ट्रिय आवश्यकता बनेको बताउँदै गठबन्धनको भविष्यबारे कसैले पनि शङ्का नगर्न आग्रह गर्नुभएको छ । साथै स्थानीय तह निर्वाचनका लागि बनेको गठबन्धनलाई थप मजवुत बनाउँन सबैले गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको
बताउनुभयो ।

त्यस्तै प्रधानमन्त्री देउवाले समबोधनको क्रममा बुद्धको जन्मस्थल लुम्बिनीको विकासमा सरकार लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै भूमिहीन, अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि सरकारले भूमि आयोग गठन गर्दै कार्यारम्भ गरिसकेको बताउनुभयो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30