बिहिबार, बैशाख १३, २०८१

सुरक्षाकर्मीको सहयोगमा उपत्यकाको फोहर व्यवस्थापन गरिदैं

काठमाडौ बैशाख २४ ,
विगत दुई हप्ता यता देखि राजधानीको मुल चोक सडकमा थुप्रिदै आएको फोहर आजबाट उठ्न थालेको छ । राजधानी लगायत उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन हुँदै आएको सिडोलमाका स्थानीयका आन्दोलनका कारण फोहर व्यवस्थापन हुन नसकेको हो ।

त्यस्तै फोहर व्यवस्थापनका लागि स्थानीयसँगको छलफलमा सहमति नजुटेपछि काठमाडौँ महानगरपालिकाले गृह मन्त्रालयको सहयोगमा मुड्कुखोलादेखि तीनपिप्लेसम्मको सडकखण्डमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गर्दै काठमाडौं उपत्यकाको फोहर व्यवस्थापन कार्य शुरु गरिएको हो ।

फोहर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा वेलावखत सिर्जना हुने गरेको फोहर व्यवस्थापनको समस्याले सदैव पिरोल्दै आएको छ। यसअर्थमा पनि फोहर विसर्जनका लागि तत्काल दीर्घकालीन योजनाको कार्यान्वयन गरिनुपर्ने अवस्था सिर्जना भएको छ।स्मरण रहोस,हरेक दिन उपत्यकाबाट एक हजार २०० मेट्रिकटन फोहर सिसडोलमा व्यवस्थापन हुँदै आएको छ ।