मङ्लबार, बैशाख ११, २०८१

महानगरपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवारलाइ जिताउन शिर्ष नेतृत्वको आग्रह

काठमाडौं बैशाख २३ ,
बैशाख ३० गत हुने स्थानीय निर्वाचन लक्षित हुँदै आज राजधानीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महानगरपालिका प्रमुखमा गठबन्धनको तर्फबाट महिला उम्मेदवार सिर्जना सिंहलाई जिताउन आग्रह गर्नुभएको छ। त्यस्तै उहँँले काठमाडौं महानगको प्रमुखमा सिर्जना सिंहले जितेको छ महिनाभित्र यहाँको फोहोर समस्याको व्यवस्थापन गरिने मात्र नभइ महानगरका जनताको प्रत्येक आंकक्षालाइ सम्बोधन गरिने बताउँनुभयो ।

त्यस्ते सभालाइ सम्बोधन गर्नेक्रममा सत्ता साझेदार दल माओवादी केन्द्र का अध्यक्ष प्रचण्डले वैशाख ३० गते हुने स्थानीय निर्वाचन मुलत परिवर्तनकारी शक्ति र प्रतिगमनबीचको लडाइँ भएको बताउँदै यो लडाइमा काठमाडौं महानगरका जनताले संविधान, परिवर्तन र प्रगतिको पक्षको गठबन्धनका उम्मेदवारलाइ निर्वाचित गराउने विस्वास व्यक्त गर्नुभएको छ ।

त्यस्तै अध्यक्ष प्रचण्डले विकास र समृद्धिको यात्रा सुरु गर्न रुखवालाले हँसिया हथौडा र हसिया हथौडाले रुखमा छाप हाल्नुको विकल्प नभएको बताउद्यै आजको आवश्यकता भनेकोनै सहमति सहकार्य र एकता भएको उहाँको भनाइ रहेको थियो ।

त्यस्तै काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हँसिया हथौडामा छाप हान्दैनौँ भनेर गठबन्धनलाई कमजोर बनाउने नगर्न सबैमा अपिल गर्दै संविधान र लोकतान्त्र जोगाउने गठबन्धनको सिमानामा जोडिन आग्रह गर्नुभयो ।

त्यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सभालाई सम्बोधन गर्दै काम गर्नका लागि इमान्दारिता सहितको सङ्कल्प चाहिन्छ जुन गठबन्धन दलको उम्मेदवारम निहित रहेको बताउँदै अवका दिनमा जनतामा भ्रम छरेर झुटो आश्वासन बाँदेर राज गर्छु भन्ने दिवास्वप्न नदेख्न आग्रह गर्दै भ्रमको खेती गर्ने लाइ अब जनताले नै साइजमा ल्याउँने दावी गर्नुभयो ।

 सभामा महानगरपालिका प्रमुखमा गठबन्धनदलका उम्मेदवार सिर्जना सिंहले कांग्रेसको घोषणापत्र र आफूले यसअघि सार्वजनिक गरेको संकल्प पत्र अनुरुप कार्यारम्भ गर्ने बताउनुभयो ।