बुधबार, बैशाख १२, २०८१

नागार्जुन नपा १० मा महिला स-शक्तिकरणको लागि सविनाको चर्चा

काठमाडौं बैशाख २३,
आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा महिला सशक्तिकरणको हस्ताक्षरको प्रतिविम्व सहित नागार्जुन नगरपालिका वडा न. १० मा नेकपा माओवादी केन्द्रको तर्फबाट सविना थापा (जमुना) चुनावी प्रतिस्पर्धामा रहेकी छिन ।

संविधानको रक्षाका लागि ५ दलीय गठबन्धनको राग अलापल्दै गर्दा स्थानीय आवश्यकता अनुरुप गठबन्धन बन्न नसकेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्रको तर्फबाट एक्लो महिला उम्मेदवारको रुपमा चुनावी मैदानमा स्वच्छ प्रतिस्पर्धाका लागि उत्रेकी थापाको उम्मेदवारी संगै स्थानीय अन्य दलका उम्मेदवारवृतमा निकै हावी रहेको रहेको स्थानीय नेता तथा कार्यकर्ताको विश्लेषण रहेको छ ।

वि.सं. २०३८ सालदेखि कम्युनिष्ट पार्टीको विद्यार्थी संगठनमा आवद्ध वि.सं. २०४३ सालमा पार्टीको विधिवत सदस्यता सदस्यता प्राप्त गर्दै अनवरतरुपमा क्रियाशील उम्मेदवार थापाले अखिल नेपाल महिला संघको कन्द्रीय महासचिवको जिम्मेवारी लिदै गर्दा होस वा अन्य तह र तप्काको सदैव आफ्नो अडानमा प्रष्ट देृष्टिकोण सहित क्रियाशीलल हुने उनको लगावका कारण वडा न १० मा उनको उम्म्ेदवारी चर्चाको शिखरमा रहेको हो ।

माओवादी केन्द्र वाग्मती प्रदेश समिति सदस्य समेत रहेकी थापा ले तत्कालीन २०६२÷६३ को जनआन्दोलनका लागि गठित कलंकी जनआन्दोलनल संयन्त्रमा राष्ट्रिय जनमोर्चाको तर्फबाट संयाजक भई सफल नेतृत्व गरेको स्थानीय नता तथा कार्यकर्ताको मानसपटलमा अझै ताजै रहेको अवस्था छ ।

त्यस्तै व्यक्ति एक व्यक्तित्व अनेक भने जस्तै सामाजिक अभियन्ताको रुपमा समेत क्रियाशील थापाले नार्गाजुन नगर पालिकाका १० वटा वडा समिति मध्ये वडा न १० स्थित  “हाम्रो महिला आदर्श विद्यालय” संस्थापक तथा प्रिन्सिपलको जिम्म्ेवारी मात्र नभइ नागार्जुन नगरपालिकाको तारकेश्वर खानेपानी तथा सरसफाई उपभोक्ता समिति” को २ कार्यकाल कोषाध्यक्ष र हाल उपाध्यक्षको भूमिका निर्वाह गर्ने क्रममा देखाएको कार्यकुशलता आफैमा तारिफ योग्य रहेको छ । यसको अलावा अन्य विभिन्न सामाजिक कार्यमा समेत सकृय रहेकी थापाको शैक्षिक योग्यताको नै चर्चा गर्ने हो भने पनि निकै उतकृष्ट र अब्बल रहेको  छ । उनले अर्थशास्त्रमा एज।म् हाँसिलल गरेकी छिन भने शैक्षिक योजना तथा व्यवस्थापनमा एम.एड. गर्दै विगत विगत २०४३ सालदेखि २०७८ चैत्रसम्म निरन्तर विद्यालय र कलेजहरुमा अध्यापन गराउदै नगरपालिकमा शैक्ष्कि जागरणको विकुल प्रवाह गर्ने महत्वपूर्ण कार्य सम्पादन गरेकी छिन ।

राष्ट्रिय शिक्षा पुरस्कारद्धारा समेत सम्मानित व्यक्तित्व सविना थापाले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन मार्फत नितिगत तहमा बसेर आफ्ना स्थानीय दाजुभाइको सेवामा समर्पित हुने अर्जुन दृष्टि सहित वडा न १० को वडाध्यक्षमा उम्म्ेदवारी मनोनयन गरे यता पछिल्लो समय सम्पूर्ण वडा सविनामय भएको स्थानीहरु बताउँछ ।

 हिजो के भयो त्यो थाहा छैन अवका दिनमा केहि हुँछ हामी  विश्वस्त छौ यसको लागि सविना हाम्रो वडाध्यक्ष हो भन्दै निर्वाचनको माहौलमा होमिएका तमाम स्थानीयहरु सविनाको विकल्प सविना नै हो अरु थाहा छैन भन्न समेत पछि नपरेको हाम्रा सहकर्मीले बताए ।

त्यस्तै वडाध्यक्षको उम्मेदवारी संगै चुनावी मैदानमा होमिदै गर्दा सविनाले क्रमस

  •  वडामा कुनै किसिमको भष्टाचार, कमिशन, घुसखोरी जस्ता क्रियाकलाप गर्ने र गर्न दिइने छैन ।
  • मलाई मासिक रुपमा प्राप्त हुने आर्थिक सुविधा वडा भित्रका असहाय, टुहुरा, गरिब बालवालिकाहरुको लागि समर्पित गर्नेछु ।
  •  महिला नेतृत्वमा वडाको विकास नमूना योग्य बनाउने ।
  • वडावासी, बुद्धिजीवी र अनुभवी व्यक्तिहरुको सरसल्लाह लिंदै वडा विकास अन्तर्गत बाटो निर्माण तथा स्तरियकरण, सडक बत्ती, सरसफाई, वडा भित्रका प्राकृतिक, धार्मिक र ऐतिहासिक सम्पदाको संरक्षण र सुधारमा जोड दिने छु ।
  • महिला सशक्तिकरण तथा बेरोजगार युवाहरुलाई लक्षित गरी विभिन्न शिपमुलक र आयमुलक तालिमका कार्यक्रमहरु अगाडी बढाउनेछु ।
  • शिक्षा, स्वास्थ्य तथा खानेपानी आदिको सहज उपलव्धताको लागि जोड दिनेछु ।
  •  सामाजिक सुरक्षा भत्ता (एकल महिला, जेष्ठ नागरिक, दलित, अपाङ्ग) लाई सहज वितरणको व्यवस्था मिलाउने छु ।
  •  सुत्केरी भत्ता रु.५,००० (अक्षरेपी पाँच हजार मात्र) उपलव्ध गराउने छु ।
  • वडा भित्र सरसफाईको विशेष व्यवस्था मिलाउने छु ।
  • राजनीतिक आस्थाको आधारमा कसैलाई विभेद नगर्ने १० बुँदे प्रतिवद्धता प्रस्तुत गरेकी  छिन ।