शुक्रबार, बैशाख १४, २०८१

पाँच दलबीच भएको चुनावी तालमेल संविधान रक्षाका लागि : महामन्त्री शर्मा

काठमाडौं बैशाख २३,
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तह निर्वाचनमा पाँच दलबीच भएको तालमेल संविधान रक्षाका लागि भएको जिकिर सहित यसको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा बिहीबार काँग्रेस र नेकपा माओवादी केन्द्रको नगरस्तरीय संयुक्त आमसभालाइ सम्बोधन गर्दै महामन्त्री शर्माले काँग्रेस र एमाले दुवैको घोषणापत्र पढेर विवेक पु¥याएर मतदान गर्न जनतालाइ आग्रह गर्दै तिलोत्तमामा भएको दलीय गठबन्धनका उम्मेदवारले जारी गरेको प्रतिबद्धतापत्रमा उल्लेख भएको तिलोत्तममा चक्रपथ निर्माण गर्ने योजना आफैमा उत्कृष्ट रहेको बताउनुभयो ।
साथै उहाँले तिलोत्तमाको प्रशासनिक भवनलाई अस्पतालमा रुपान्तरण गर्ने योजनाको प्रशसाा गर्दै “जनताको स्वास्थ्यभन्दा ठूलो जनप्रतिनिधि बस्ने भवन हुँदैन्”, उनले भने ।

सभालाइ माओवादी केन्द्रका केन्द्रीय सदस्य वामदेव क्षेत्री काँग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल ,काँग्रेस नेता चन्द्र भण्डारी लगायतका वक्ताले एमाले छरेको भ्रमको खाडलबाट माथि उठन आग्रह गर्दै कोभिड महामारीको समयमा जनताले सिटामोल, अक्सिजन र भेन्टिलेटर खोजेको बेला एमाले सरकार भ्रष्टाचारमा लिप्त भएको भएको बताउनुभयो ।