बुधबार, मंसिर २०, २०८०
Dashain

निर्वाचनमा कोषाध्यक्ष एलिनाको उम्मेदवारी प्रति मञ्चको एैकेवद्धता

काठमाडौं बैशाख २३,
१९ वडा सरोकार मञ्चको शुक्रवार बसेको नियमित पूर्ण बैठकले अगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मञ्चका कोषाध्यक्ष एवम् वडा सदस्यका उम्मेदवार एलिना शाहीलाइ सहयोग गर्ने संस्थागत निर्णय गरेको छ

पछिल्लो समय वडाको समग्र विकासका लागि विषयगत एजेन्दामा सरोकारवाला निकायको ध्यानाकर्षण सहित साझा धारणा सार्वजनिक गर्दै क्रियाशील सरोकार मञ्च तत्कालीन कोभिड संक्रमणको उच्च जोखिमको समयमा  समग्र वडा विकासका लागि  वडास्तरिय स्वयमसेवी भूमिका निर्वाहमा प्रतिवद्धता सहित   स्थानीय युवाहरुको पहलमा सहकार्य गर्ने लक्ष्य अनुरुप एक  अस्तित्वमा आएको संस्थागत संरचना हो ।

मञ्चले यसअघि पनि वडामा भइरहेको कुनै पनि विकास निर्माणको कामको ढिलाइ र नियोजित स्वार्थका लागि वडाबासीको स्वास्थ्य प्रतिकुल खानेपानीको नाममा भएको चलखेल जस्ता गम्भीर प्रसंगमा मात्र नभएर शाान्ति सुरक्षा, फोहर मैलाको व्यस्थापन जस्ता विभिन्न जनसरोकारका मुद्धामा  स्थानीय संघसंस्थासंगको सहकार्यमा  सरोकारवाला निकायको ध्यानाकर्षण गराउने जस्ता महत्वपूर्ण काम  गर्दै आएको  थियो ।

त्यस्तै मञ्चले उठान गर्दै आइरहेको वडामा विद्यमान यो वा त्यो नामका अनेकन मुद्धाको थप सम्बोधनका लागि मञ्चको कोषाध्यक्षको महत्वपूर्ण जिम्मेवारीमा रहेका एलिना शाही स्थानीय तह निर्वाचन मार्फत वडा न. १९ को महिला सदस्यको जिम्मेवारी गर्न् अग्रसर हुनु स्वभाविक रुपमा स्वागत योग्य कदम भएकै कारण उहाँलाइ संस्थागतरुपमा सहयोग गर्ने नितिगत निर्णय भएको संस्थाका सचिव हिमाल  डंगोलले बताउनुभयो ।

त्यस्तै हामी मञ्च मार्फत वडाको विषयगत मुद्धामा  क्रियाशील हुने क्रममा एलिनाले देखाएको क्रियाशिलतासंगै वडाको विभिन्न विषयमा उहाँले लिनुभएको अडानकै कारण मञ्च आफ्ना कोषाध्यक्षको उम्मेदवारी प्रति एकाकार हुँदै लोकतान्त्रिक अभ्यास अन्र्तगत अघि बढ्ने निष्कर्षमा पुगेको संस्थाका कार्यसमिति सदस्य कपिल डंगोलले बताउनुभयो ।

त्यस्तै मञ्चले हाम्रो वडालाइ राम्रो वडा बनाउन नितिगत रुपमा नेतृत्वको सक्षमता समेत आफैमा महत्वपूर्ण पक्ष भएको ठहर सहित आसन्न निर्वाचनमा भावनामा होइन मतपत्र मार्फत यो वा त्यो वादको लागि होइन वडाको विकासका लागि युवा पुस्ताको सक्षम प्रतिनिधित्वका लागि  मञ्चका कोषाध्यक्ष एलिना शाही  लाइ निर्वाचित गराइ दिन हुन सम्पूर्ण वडाबासी समक्ष आग्रह समेत गरेको  छ ।

स्मरण रहोस,  मञ्चले वडा न.  १९ मा रहेको सामरिक महत्वका मुर्त तथा अर्मुत सम्पदा,भौतिक विकास लगायतका यावत जनसरोकारका विषयगत कामकारवाहीमा सरोकारवाला निकाय संग काँधमा काँध मिलाउदै वडाको समुन्नत विकासका लागि सहकार्य  गर्दै आइरहेका   छन ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

May 2022
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30