शुक्रबार, मंसिर १५, २०८०
Dashain

आइजिपी बढुवा प्रकरणमा अन्तरिम आदेश दिन सर्वोच्चद्दारा अस्वीकार

काठमाडौँ वैशाख २२,
सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक बढुवाविरुद्धको रिट निवेदनको प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ ।
न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले आज उक्त प्रकरणमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । यद्यपी प्रकरणको छिनो फानोका अन्तिम सुनुवाइ आगामी जेठ १७ गते गर्ने र सो मितिमा दुवै पक्षले लिखित जवाफ पेस गर्न जारी आदेशमा भनिएको छ ।

त्यस्तै जारी आदेशमा प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले वैशाख १९ गते सर्वोच्च अदालतमा दायर रिटमा निवेदकले उठाउनुभएको कानूनी प्रश्नका सम्बन्धमा पूर्ण सुुनुवाइका समयमा विवेचना भई न्यायिक निरुपण हुने नै हुँदा हाल निवेदकको मागबमोजिम अन्तरिम आदेश जारी गरिरहन परेन भनिएको छ।